arrow

अष्ट्रेलियाले रोक्यो 'रेयर अर्थ' उत्पादक कम्पनीमा चिनियाँ लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
Northern-Minerals-Lynas-Corporation-via-AFP.jpg

काठमाडौं । अष्ट्रेलियाको नर्दन मिनरल्स लिमिटेडले मंगलबार आफ्नो सरकारले 'हेभी रेअर अर्थ मेटल्स' उत्पादकको सबैभन्दा ठूलो सेयरहोल्डर चीनको युक्सियाओ फण्डलाई राष्ट्रिय हितको विषयलाई लिएर लगानी बढाउनबाट रोकेको जनाएको छ ।

युक्सियाओ फण्डले गत अगस्टमा नर्दन मिनरल्स लिमिटेडमा आफ्नो स्वामित्व ९.९२ प्रतिशतबाट बढाएर १९.९ प्रतिशतमा पुर्याउन विदेशी लगानी समीक्षा बोर्डको स्वीकृति मागेको थियो । 

तर, फेब्रुअरी १५ मा यो कम्पनीका ट्रेजरर जिम चाल्मर्सले सो लगानी रोक्ने आदेशमा हस्ताक्षर गरेको पाइएको हो ।

सिङ्गापुरमा दर्ता भएको कोष चिनियाँ नागरिक युक्सियाओ वुको लगानीको साधन हो। यसले मोजाम्बिकमा चीनलाई तल्लो दर्जाको रेयर अर्थ मेटल्स आपूर्ति गर्ने खानीहरू समेत चलाएको नर्दनका  कार्यकारी अध्यक्ष निक कर्टिसले बताएका छन् ।

'कुनै पनि सरकारको राष्ट्रिय हितको रक्षा गर्नको लागि सम्पत्तिको एक विशेष श्रेणी हुन्छ,' कर्टिसले भनेका छन् ।

समीक्षा बोर्डको सल्लाहमा यस्तो लगानी रोक्नको लागि जिम्मेवार कम्पनीको कोषाध्यक्षको कार्यालयले भने यस विषयमा कुनै प्रतिक्रिया दिइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ