arrow

टिकटक प्रतिबन्धपछि अमेरिकामाथि चीनको कडा प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
tiktok.jpg

काठमाडौं। फोनबाट टिकटक हटाउन संघीय कर्मचारीलाई अमेरिकी सरकारले आदेश दिएपछि चीनले कडा प्रतिक्रिया दिएको छ।

सोमबार ह्वाइट हाउसले सरकारी एजेन्सीहरूलाई ३० दिनको समय दिँदै कर्मचारीहरूले संघीय उपकरणहरूमा चिनियाँ स्वामित्वको एप नभएको सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

यो अमेरिकी आदेशपछि पछिल्ला दिनहरुमा ईयू र क्यानडाले पनि यस्तै कदम चालेका छन् । चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले विदेशी फर्महरूलाई दबाउन राज्य शक्तिको दुरुपयोग गरेको आरोप लगाए।

'हामी ती गलत कार्यहरूको दृढताका साथ विरोध गर्छौं,' प्रवक्ता माओ निङले मंगलबार पत्रकार सम्मेलनमा भनेकी छन्,'अमेरिकी सरकारले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई सम्मान गर्नुपर्छ, कम्पनीहरूलाई दबाउन छोड्नु पर्छ र अमेरिकामा विदेशी कम्पनीहरूलाई खुला, निष्पक्ष र गैरभेदभावरहित वातावरण प्रदान गर्नुपर्छ।'

'संयुक्त राज्य अमेरिका जस्तो विश्वको शीर्ष महाशक्ति आफैंमा कत्तिको अनिश्चित हुन सक्छ कि युवाहरूको मनपर्ने एपबाट डराउनु?' उनले अघि भनेकी छन्।

पश्चिमी अधिकारीहरू हालैका महिनाहरूमा चिनियाँ फर्म बाइटडान्सको स्वामित्वमा रहेको लोकप्रिय भिडियो साझेदारी एपको बारेमा चिन्ता भन्दै यो एप प्रतिबन्ध लगाउन खोज्दै आएका छन्।

तथापि, अष्ट्रेलियाले उसले अमेरिका, ईयू र क्यानडाको जसरी टिकटक प्रतिबन्ध लगाउनेबारे आफ्नो गुप्तचर सेवाहरूबाट कुनै सल्लाह प्राप्त नगरेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ