राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
1.5k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । बुधबार बसेको सचिवालय बैठकले आठ दलका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका पौडेललाई मतदान गर्ने निर्णय गरेको महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पौडेललाई सहयोग गर्ने निर्णय अहिलको सन्दर्भमा उपयुक्त भएको निष्कर्ष पनि बैठकले निकालेको छ ।