arrow

लिंग भैरवी अर्थात् ईश्वरीय स्त्री

logo
सद्गुरु,
प्रकाशित २०७९ फागुन २० शनिबार
linga-bhairavi-sadguru.jpg

जुन क्षण हामीले ‘ईश्वर’ शब्द उच्चारण गर्छौं, धेरैजसो मानिसहरूले माथि हेर्छन् । किनभने ईश्वर माथि हुनुपर्दछ भन्ने छ । भारतीय संस्कृतिमा हामीले देवता कतै हुन्छ भन्ने विश्वास गरेका छैनौँ । हामीले देवता बनाउने प्रविधिहरू सिक्यौं। हामीले ३३ करोड भन्दा बढी देवी–देवताहरू सिर्जना गरेका छौं। यी उपकरणहरू तपाईंलाई तपाईंको आफ्नै इन्द्रियहरूको सीमितताभन्दा बाहिरको कुरामा पहुँच प्रदान गर्नलाई थियो । 

यस संस्कृतिमा भनिएको थियो कि यदि तपाईं डराउनुहुन्छ भने तपाईं एक प्रकारको देवतामा जानुहोस् । यदि तपाईलाई रोग छ भने तपाई अर्कै प्रकारको देवतामा जानुहुन्छ । यदि तपाईंलाई समृद्धि चाहिन्छ भने तपाईं अर्को प्रकारको देवतामा जानुहुन्छ । यो किनभने यी जीवनका निश्चित आयामहरूमा पहुँच गर्ने उपकरणहरू हुन् । 

ईश्वरको एक उग्र स्त्री रूप
लिंग भैरवी स्त्रीलिंगको रुपमा प्राण प्रतिष्ठित एक धेरै शक्तिशाली र उग्र रूप हो । लिंगको रूपमा पुजिएको स्त्री शक्ति धेरै दुर्लभ छ । यस ग्रहमा हामीले जान्दछौं की भौतिक सृष्टिको सबैभन्दा ठूलो कृति मानव शरीर हो। यो जस्तो परिष्कृत र शानदार कुनै भौतिक संयन्त्र छैन। यसमा पुरुष गुणको देन भएपनि यो अनिवार्य रूपमा स्त्रीको गर्भमा निर्मित हुन्छ। लिङ्ग भैरवी परम स्त्री प्रकृति हो। 
 
संसारमा एउटा दुखद कुरा के छ भने महिलाहरु बार्बी डल जस्तै बनिरहेका छन् । तिनीहरूमा उग्रता छैन । तिनीहरूमा कुनै स्त्री आगो छैन । उनीहरूमा केवल ईर्ष्या, मानवीय महत्वाकांक्षा, र अन्य बकवास मात्र छन् । 

एक महिलाले यो संसारमा के थप्न सक्छ कि उनी आगो जस्तै हुन् । भारतीय संस्कृतिले महिलाहरूलाई उग्र र तीव्र हुन प्रोत्साहित गरेको छ । यो देशको पुरानो साहित्य हेर्नुपर्छ, जहाँ कविहरूले भनेका छन् कि घरेलु महिलालाई के गर्ने ? हामीले महिलाहरूलाई घरपालुवा बनाएका छौं किनभने हामी प्रजनन, परिवार बढाउन, आदि गर्न चाहन्थ्यौं। तर यदि तपाईं अन्य सम्भावनाहरू खोज्दै हुनुहुन्छ भने सधै आवश्यक नहुन सक्छ । तर कहिलेकाहीं यो केही नराम्रो व्यवहारसँग पनि आउँछ ।

हामीले लिङ्ग भैरवीको रूप प्रकट गर्दा पनि उनी तीव्र, धेरै उग्र तर एकदम दयालु । यी जीवनका कुनै विरोधाभासी गुण होइनन् । यी सबै चीजहरूसँगै आउँछन् । यसरी नै जीवन आउँछ । लिङ्ग भैरवी एक पवित्र जीवन हो । उग्र, उच्चतम सम्भावनामा तर अदम्य । उनी एक गर्जना, चिच्याहट हुन् । उनी कोमल, सौम्य प्रकारको होइन। तपाईंले उसलाई कहिल्यै घरपालुवा बनाउन सक्नुहुन्न ।

ज्यामितीको हिसाबले लिङ्ग भैरवी साढे तीन चक्र हो । मूलाधार, स्वाधिष्ठान र मणिपूरक । तीन पूर्ण चक्रहरू धेरै हदसम्म कल्याण, स्वास्थ्य र समृद्धिको बारेमा छन् । आधा चक्र – अनाहत – पार पाउने बारेमा छ । यदि तपाईंले आफूलाई त्यो पक्षमा संलग्न गर्नुभयो भने त्यहाँ पार पाउन सक्नुहुन्छ ।

जन्मदेखि मृत्युसम्म र त्यसपछिका संस्कारहरू

भैरवीको निवासबारे महत्त्वपूर्ण कुरा यो हो कि यो केवल पूजा गर्ने ठाउँ मात्र होइन। यो यस्तो ठाउँ हो जहाँ प्रसवपूर्व अवस्थादेखि मृत्युपछिको अवस्थासम्म ऊर्जा प्रक्रियाहरू हुन्छन् । त्यहाँ गर्भवती हुन चाहने महिलाको लागि, जन्मन बाँकी बच्चाको लागि र जब जन्मिसकेको बच्चाका अन्न प्रसन्नका लागि अक्षराम्भको लागि किशोरावस्थादेखि वयस्कताको लागि, विवाहको लागि, बुढ्यौलीको लागि ऊर्जा प्रक्रियाहरू हुन्छ । मृत्युपछिका कर्म र क्रियाको पनि प्रक्रिया हुन्छ ।

यो ज्ञानको अर्को आयाम स्थापित गर्ने तरिका हो, जुन मेरो विचारमा यो पुस्ताले यस दिशामा पर्याप्त काम नगरेमा सदाको लागि हराउनेछ ।

(लिङ्ग भैरवी, दिव्य स्त्रीत्वको सबैभन्दा उग्र अभिव्यक्ति, नेपालमा सद्गुरुद्वारा आगामी मंगलबार प्राण प्रतिष्ठत गरिनेछ । भैरवी उत्सव, लिङ्ग भैरवीलाई नेपालमा स्वागत गर्ने भव्य उत्सव, आगामी बिहीबार काठमाडौंमा हुनेछ । यसमा सद्गुरुसँग सत्संग पनि समावेश हुनेछ) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ