arrow

राष्ट्रपति निर्वाचनको अघिल्लो दिन राप्रपाले निर्णय लिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
rpp-meeting-2079-10-19.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनको एक दिन अघि भोलि बुधबार राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

बैठकले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने बारे ठोस निर्णय लिने बताइएको छ । पर्सी बिहीबार  राष्ट्रपति निर्वाचन हुँदै छ । त्यसअघि राप्रपाले  राष्ट्रपति निर्वाचन बारे निर्णय लिनेछ । बैठक १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।

निर्वाचन फागुन २५ गते हुँदै छ ।  निर्वाचनमा नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

सोमबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा पुगेर पौडेलले अध्यक्ष राजेन्द्र लिङ्देनसहितका राप्रपा नेताहरूसँग भोट मागेका थिए ।

पार्टीभित्र मतदानमा भाग लिनुपर्ने र लिन नहुने दुवै मत भएका कारण फागुन २४ गते निर्णय लिने राप्रपाले जनाएको छ । राष्ट्रपति चुनावमा राप्रपासँग २४५० मत भार छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ