arrow

स्पेसएक्सलाई टक्कर दिने जापानी रकेट असफल, विष्फोट गराइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
japan-rocket-launch.jpg

काठमाडौं । जापानले मंगलबार प्रक्षेपण गरेको आफ्नो एक नयाँ रकेट असफल भएपछि उक्त रकेटलाई आकाशमै विष्फोट गराएको छ ।

एलन मस्कको स्पेसएक्सको नेतृत्वमा रहेको अन्तरिक्ष अन्वेषण क्षेत्रकाे व्यापार क्र्याक गर्ने उद्देश्यले जापानले यो रकेट प्रक्षेपण गरेको थियो।

तर लिफ्ट अफ भएको केही मिनेटमा दोस्रो चरणको इन्जिन नबलेपछि जापानको अन्तरिक्ष एजेन्सीले एच-३ रकेटमा सेल्फ-डिस्ट्रक्ट कमाण्ड पठाउनु परेको थियो।

पर्यवेक्षकहरूले यो जापानको एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (ज्याक्सा) को लागि ठूलो धक्का भएको बताएका छन् । जापान सरकारले यो परीक्षण असफलतालाई 'अत्यन्तै खेदजनक' भनेको छ ।

एच-३ रकेट जापानले तीन दशकमा डिजाइन गरेको पहिलो मध्यम-लिफ्ट रकेट हो। यसलाई स्पेसएक्सको फाल्कोन-९ भन्दा पनि सस्तो विकल्पको रूपमा पृथ्वीको कक्षमा व्यवसायिक र सरकारी उपग्रहहरू प्रक्षेपण गर्ने उद्देश्यका साथ बनाइएको थियो ।

मंगलबार इन्जिनियरहरूले यो ५७ मिटर अग्लो रकेटमा निगरानी उपग्रह राखेर अन्तरिक्षमा पठाउने लक्ष्य राखेका थिए । एएलओएस-३ निगरानी प्रणाली उत्तर कोरियाको मिसाइल प्रक्षेपण पत्ता लगाउन सक्षम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ