arrow

राप्रपा बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
rpp-baithak-2079-11-24.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्ने लगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको हो । 

बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो २ बजेपछि बसेको हो । बैठक १ बजेका लागि डाकिएको थियो । बैठक ढिला गरी शुरु भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराएका छन् । 

उनले यसअघि नै ‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने जनाएका थिए । बैठकमा समसमायिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । 

बैठकबारे पछिल्लो जानकारी दिँदै भनेका छन्, ‘राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ। बैठक समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रपति निर्वाचनमा राप्रपाको धारणा के हुने भन्ने विषयमा केन्द्रीत छ ।’

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायतसँग गठबन्धनमा आवद्ध नेताहरुसँग यसअघि नै छलफल गरिसकेको छ । 

आफ्नो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमवार साँझ छलफल गरेको राप्रपाले आज नै निर्णय लिएर भोलि हुने राष्ट्रपति निर्वाचनका बारेमा सुनिश्चित गर्नेछ । 

राप्रपाभित्रका केही नेताहरु भने राजसंस्था चाहिरहेको पार्टीले राष्ट्रपतिमा भोट हाल्नु हुन्न भनेर लबिङ गरेकोसमेत पाइएको छ । तर धेरैजसोले भने अहिलेको प्रणालीमा चुनाव लडेर संसदमा पुग्ने अनि राष्ट्रपतिलाई भोट हाल्दिन भन्नु मूर्खता भएकोसमेत जनाउँदै आएका छन् । 

राष्ट्रपाले आज यसकोसमेत छिनोफानो गर्नेछ । यद्यपि आचारसंहिता लागेका कारण उसले निर्णय भने गोप्य राख्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ