- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले म्याग्दी तथा हिमाल पारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म पर्यटन प्रवर्द्धन कार्यक्रम शुरु गरेको छ ।
नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गर्न लागिएको प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहित ३२ जनाको सहभागिता रहेको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिइन् ।
कोरोना लगायतका विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि चारदिने प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको बताउँदै उनले यस क्रममा स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिबृद्धि लगायतका कार्यक्रम राखिएको जानकारी दिइन् ।
कार्यक्रमका क्रममा युवा तथा महिला उद्यमीलाई लक्षित गरी म्याग्दीको बेनी, मुस्ताङको जोमसोम, ठिनी, उपल्लो मुस्ताङस्थित लोमन्थाङमा क्षमता अभिबृद्धि तालिम एवम् अन्तरक्रिया गर्ने जनाइएको छ ।
नेपाल र चीनबीचको सीमा नाका कोरला नाकसम्मको प्रवर्द्धनात्मक भ्रमणका क्रममा धार्मिक एवम् ऐतिहासिक स्थलहरू मुक्तिनाथ, गुम्बा आदिकोे प्रवद्र्धन गरिने गिरीले जानकारी दिइन् ।
कार्यक्रम अन्तर्गत स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिबृद्धि, डिजिटल मार्केटिङ तालिम एवम् स्थानीय उत्पादनको ब्राण्डिङ र घरवास प्रवर्द्धन गरिने कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले जानकारी दिइन् ।