arrow

भियतनाम १० करोड नागरिकको जन्मोत्सव मनाउने तयारीमा

logo
सिन्ह्वा,
प्रकाशित २०७९ फागुन २९ सोमबार
vietnam-flag.jpg

हनोई, भियतनाम । भियतनामले जनसङ्ख्या वृद्धिले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भन्दै यसलाई बढावा दिन अर्को महिना आफ्नो १० करोड नागरिकको जन्मोत्सव मनाउने तयारी गरेको भियतनाम समाचार एजेन्सीले आइतबार जनाएको छ ।

सरकारले अप्रिलको मध्यमा १० करोड नागरिकको जन्मलाई स्वागत गर्न परेड र सभा समारोहसहित प्रचार अभियान सञ्चालन गर्ने योजना बनाएको हो ।           

सन् १९६० को दशकको सुरुसम्म भियतनामी महिलाले आफ्नो जीवनकालमा कूल प्रजनन दर छ देखि सात सङ्ख्याको बीचमा थियो । सन् १९७९ मा यो दर घटेर ४.८ मा झरेको थियो र त्यसपछि यो निरन्तर घट्दै गयो । सन् २००६ देखि प्रजनन क्षमता दुईको हाराहारीमा पुगेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या गतिविधि कोषले जनाएको छ ।

सामान्य तथ्याङ्क कार्यालयका अनुसार, भियतनामको जनसङ्ख्या अप्रिल २०२२ सम्ममा नौ लाख ९२ हजार पुगेको थियो । यससँगै भियतनाम विश्वको १५ औँ सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । दक्षिणपूर्व एशियामा भियतनाम तेस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको देशमध्ये एक हो ।   

देशको तथ्याङ्क कार्यालयले बढ्दो विश्वव्यापी आर्थिक प्रतिस्पर्धाको सामना गर्दै हरेक देशले मानव संसाधनको माध्यमबाट प्रतिस्पर्धात्मक लाभ हासिल गर्न खोजिरहेको जनाएको छ । 

“देशलेले आफ्नो १० करोड नागरिकको जन्म (सङ्ख्या)लाई ‘गौरवपूर्ण उपलब्धि’ का रूपमा लिएको छ, जसले अर्थतन्त्र र लगानी वृद्धिलाई प्रोत्साहित गर्ने नीतिका साथै अन्तर्राष्ट्रिय समुदायबीच राष्ट्रिय छवि उकास्न मद्दत गरेको छ,” तथ्याङ्क कार्यालयले भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ