arrow

सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
sukumbasi.jpeg

विराटनगर । विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया शुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो ।

सुकुम्बासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए । उनले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको प्रस्ट पारे ।

प्रमुख कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायतका आधारभूत सुविधासहितको एकीकृत वस्ती निर्माण गरेर सुकुम्बासीलाई व्यवस्थित गर्ने योजना रहेको सुनाए । 

“हामीले व्यवस्थित गर्ने कोसिस गरेका छौँ”, प्रमुख कोइरालाले भने, “घरसहित व्यवस्थित गर्ने योजना छ । यसमा तपाईंहरुको पनि साथ चाहिन्छ । सक्नेले आर्थिक र नसक्नेले श्रमदान गर्नुपर्छ । यसो गर्दा आफूले पाएको चिजको महत्व र माया हुन्छ ।” 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ