arrow

रवि लामिछानेले भने- सरकारमा जाने तयारी छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
ravi-lamichane-new-party-register-apply.jpg

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्। 

उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको छ भने । उनले भने, “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।” 

उनले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए ।

उनले थपे, “अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन । ”  

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए ।

आफ्नो दलको  राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति  लामिछानेले उल्लेख गरे । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ