टाटा मोटर्सको एक्सचेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति, फेरि समय थप्ने तयारी
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
899
Shares
काठमाडौं । सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा आयोजित ‘द इलेक्ट्रिफाइङ एक्सचेन्ज २०२३’ एक्सचेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति देखिएको छ ।
टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर गत फागुन २६, २७ र २८ गते भएको उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको थियो ।
काठमाडौँमा शुक्रबार, शनिबार र आइतबार गरी लगातार ३ दिनमा झन्डै २०० गाडीहरुको मूल्यांकन गरिएको टाटाले जनाएको छ । उपस्थित भएका ग्राहकहरुका अनुसार चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा पनि भएका कारण क्याम्पमा सहभागी भएका थिए ।
एक्सचेन्ज सुविधासँगै विद्युतीय गाडी सम्बन्धी विस्तृत जानकारी दिँदै काठमाडौँ भित्रको विभिन्न बाटोमा टेस्ट ड्राइभ पनि गरिएको थियो ।
यही उत्साहलाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा सहभागी हुन नसकेका ग्राहकहरुका लागि यो हप्ता पनि निरन्तरता दिन अझै विशेष एक्सचेन्ज क्याम्प संचालन गर्ने तयारी भइरहेको र चाँडैँ खबर गर्ने टाटाले जनाएको छ ।
उक्त विशेष एक्सचेन्ज क्याम्पमा सरल फाइनान्सको सुविधाका लागि बैंकहरुको सहभागिता, इन्स्योरेन्सको सुविधाका लागि ग्राहक सेवा प्रतिनिधि, पनि उपस्थित हुनेछन् भने गाडीको विशेष मूल्यांकन गर्न दक्ष कर्मचारीका साथ विभिन्न सेवा, सुविधा तथा उपहारको व्यवस्था गरिनेसमेत टाटाले जनाएको छ ।