arrow

सरकारले क्रिकेट टोलीलाई जनही ३ लाख पुरस्कार दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
pm-ghosana-prachanda.jpg

काठमाडौं । सरकारले विश्वकप छनोटमा पुगेको नेपाली क्रिकेट टोलीलाई सम्मान गर्ने भएको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै  विश्वकप छनोटमा पुगेको क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने भएको हो ।

 प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली क्रिकेट टिमलाई बधाई दिँदै जनही ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको थियो । 

जितसँगै नेपालले एक दिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्ने तय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ