arrow

राप्रपाले प्रचण्डलाई विश्वासको मत दिनेबारे निर्णय गरेन, उपनेतामा बुद्धिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
rpp-meeting-2079-12-04.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन् । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो । 

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारेमा निर्णय भने गर्न सकेन । प्रचण्डले सोमबार संसदबाट विश्वासको मत लिँदैछन् । 

यसअघि गत फागुन १२ गते राप्रपा सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएसँगै अहिले प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन थालेका हुन् । 

प्रचण्डले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए । राप्रपाले त्यो बेलामा विश्वासको मत दिएको थियो । चै

विश्वासको मतका सम्बन्धमा राप्रपाको फेरि बस्ने बैठकबाट निर्णय लिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ