स्ववीयू निर्वाचनमा विद्यार्थीको रुची घट्यो, बुटवल क्याम्पसमा ३७ प्रतिशत मत खस्यो
नारायण वली,
प्रकाशित २०७९ चैत ५ आइतबार
885
Shares
बुटवल । १४ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) निर्वाचनमा विद्यार्थीहरुको खासै रुची गएको पाइएको छैन । आज मतदान भएकामा निकै नै कम विद्यार्थी सहभागी भएका छन् ।
बुटवल बहुमुखी क्याम्पसमा ७ हजार १०९ मतदाता संख्या रहेकोमा जम्मा २ हजार ६८१ मत खसेको क्याम्पस प्रशासनले जनाएको छ । त्यहाँ जम्मा ३७.७१ प्रतिशत मत खसेको हो ।
विद्यार्थीहरुलेसमेत कुनै समय निकै नै राजनीति लाग्ने उक्त क्याम्पसमा यति थोरै मत खस्नु आश्चर्यजनक भएको बताएका छन् ।