arrow

क्रिकेटर ललित र दीपेशलाई सम्मान गरिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
nepal-cricket-2023-03-16.jpg

विराटनगर । विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । 

नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई महानगरले जनही नगद रु एक लाख एक हजारसहित सम्मान गर्ने भएको हो । 

राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगर प्रमुख नागेश कोइरालाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ