arrow

लुम्बिनीमा ११ पुग्यो संख्या, पुन फर्किए माओवादीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
Maoist-750-1-750.jpg

तुलसीपुर ।  लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोजेका छन् । 

उनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको बताएका हुन् ।

पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी चएका थिए । 

तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका थिए। 

पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी पुनः माओवादी केन्द्रमै फर्किएका छन् । 

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजेका थिए । 

उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका थिए । 

पुनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराएका थिए । 

यो सँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ