arrow

क्यालेन्डरमार्फत स्थानीय संस्कृति फैलाउँदै ग्लोबल आईएमई 

बैंकको वार्षिक क्यालेन्डर २०८० सार्वजनिक, मण्डला संस्कृति प्राथमिकतामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
global-ime-bank-calandar.jpg

काठमाडौं । ग्लोबल आईएमई बैंकले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गर्दैं बैंकले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । 

यसपालिको क्यालेन्डरमा मण्डला संस्कृतिको प्रवद्र्धन गरिएको छ । स्थानीय स्तरका कला संस्कृतिलाई प्रवद्र्धन गर्ने माध्यम यो क्यालेन्डर बन्ने विश्वास सीईओ रत्नलाल बज्राचार्यले गरेका छन् । उनले यो क्यालेन्डर विश्वव्यापी रुपमै बाहिरिने भएकाले त्यसको माध्यमबाट स्थानीय स्तरका कला संस्कृतिको प्रवद्र्धन हुने उनको दाबी छ ।  

उनले भने, ‘कला संस्कृति, स्थानीय कलाकारलाईसमेत इन्करेज गर्ने हिसाबले यो भन्दा पहिला पनि हामीले मिथिला आर्टको यही हिसाबले प्रवद्र्धन गरेका थियौं । अहिले मण्डलाबाट आर्ट थान्काहरु निकै नै ठूलो मात्रामा विदेशमा जाने गरेको छ । ग्लोबल आईएमई बैंकले पनि लोकल लेभलमा यस्ता कला, संस्कृति र कलाकारहरुलाई प्रमोट गर्ने उद्धेश्यका साथ क्यालेन्डरमा मण्डला राखिएको छ । आउने वर्षहरुमा पनि नेपालको कला, संस्कृति प्रवद्र्धन गर्ने सँगसँगै कलाकारहरुको मौलिक परम्परालाई प्रमोट गर्ने हिसाबले सहभागी हुनेछौं भन्ने विश्वास दिलाउन चाहन्छु ।’

त्यसैगरी बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल हरेक वर्ष विभिन्न सम्भावनाहरु केलाउँदै जाँदा यसपालि मण्डला रोजाइमा परेको बताउँछन् । उनले मण्डलाका चक्रलाई मानिसको जीवनचक्रसँग जोडेर हेरिएको र यसले धर्म संस्कृतिलाई पनि जोगाउने विश्वास लिएका छन् । 

उनले भने, ‘हामीले हरेक वर्ष थुप्रै सम्भावनाहरु हेर्छौं । हरेक पटक कस्तो थिममा जाँदा ठीक हुन्छ भनेर विचार गर्छौं । मण्डला भनेको के हो भनेर गहिरिएर हेरियोस् भन्ने हाम्रो उद्धेश्य हो । मण्डलाको अर्थ चक्र हो । सर्कल । यो जुनसुकै हिसाबले चित्रकारले मूर्त रुप लिएर संंस्कृति, धार्मिक हिसाबले चित्र बनाउन खोजेको छ ।’

उनले पत्रकार सम्मेलनमा अगाडि भने, ‘हेर्दै जाँदा आध्यात्मिक, मनमा आनन्द आउने, विविधता पाइयो । त्यसभित्रको अर्थ के रह्यो भन्नेुकरा पनि विचारै गर्नुपर्ने रहेछ । क्यालेन्डर छाप्दाखेरी त्यसको रिजोलुसन हुन सक्ने, त्यसको पेन्टिङमा सार्पनेस पनि हुनुपर्ने रहेछ । विविधता खोजिएको हो ।’

उक्त कार्यक्रममा मण्डला बनाएका कलाकारहरुसमेत उपस्थित भएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ