arrow

एपीएफ सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार

मोरङ । विराटनगरको सहिद रङ्गशालामा भएको  विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत शनिबार रातिको खेलमा  साविक विजेता एपीएफ क्लब विजयी भएको छ । 

उक्त खेलमा एपीएफले भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयसम्म  एक-एक गोलको बराबरीमा रहेको खेलमा एपीएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोली गरी २-१ को अग्रता बनाउँदै विजयी भएको हो ।

खेलमा निर्णायक गोल गरेका बेडुम प्लेयर अफ दि म्याच हुँदै नगद रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको विजेताले रु २० लाख १५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले रु १० लाख २५ हजार  नगद राशि प्राप्त गर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ