arrow

उपनिर्वाचनबारे छलफल गर्न राप्रपाले डाक्यो बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
rpp-baithak-2079-11-24.jpg

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । 

राप्रपाले आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाएको हो । 

बैठकमा आगामी वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ । 

साथै केही समयपछि हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका साङ्गठनिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ