काठमाडौं । आगामी वैशाख १० गते उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवार उठाउने भएको छ । तनहुँ-१, बारा-२ र चितवन-२ तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय राप्रपाले गरेको हो ।
सोमबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तीन क्षेत्रका लागि कमाण्डर पनि तोकेको छ । चितवन-२ मा नेता विक्रम पाण्डे, तनहुँ-१ मा नीलकण्ठ काफ्ले र बारा-२ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकिएको छ ।
कमाण्डरहरूले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिने बताइएको छ । उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको छ ।