arrow

सभामुखलाई बालुवाटारमा बोलाए प्रधानमन्त्रीले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
prachanda-devraj.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सभामुख देवराज घिमिरेलाई बालुवाटारमा बोलाएका छन् ।  

प्रधानमन्त्रीले बोलाएसँगै सभामुख घिमिरे प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन आज संसद्मा पेश गर्दै छन् । 

प्रतिवेदन पेश गर्नुअघि प्रधानमन्त्रीले सभामुखसँग छलफल गर्न बालुवाटार बोलाएका हुन् । 

दुवैबीच संसद्मा पेश भएका विधेयकहरूको विषयमा पनि छलफल भएको बताइएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले अख्तियारको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गर्ने तयारीमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ