arrow

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको प्रारम्भिक घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
nepal-cricket-2079-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेटका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रिमियर कप खेल्ने २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा बैशाख ५ गतेबाट काठमाडौंमा हुने प्रतियोगिताका लागि नेपाली टिमको घोषणा भएको हो । प्रारम्भिक टोलीमा कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललितनारायण राजवंशी, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, श्याम ढकाल, आरिफ शेख, कमल सिंह ऐरी,दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सूर्य तामाङ, सोमपाल कामी, किशोर महतो, करण केसी, देव खनाल र सन्दीप लामिछाने रहेका छन् । 

प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

हरेक समूहको शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । 

यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

नेपालले पहिलो खेल बैशाख ५ गते मलेसियासँग खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ