राष्ट्र बैङ्कले केही नीति परिमार्जन गर्ने हो भने सङ्कट सहज हुँदै जान्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
565
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैङ्कले केही नीति परिमार्जन गरे सङ्कटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन्।
उनले भने , यो समयमा हामी अत्यन्त सङ्कटमा छौ। आर्थिक सङ्कट केही हाम्रा सरकारी नीति , कोभिड र अन्तर्राष्ट्रिय घटनाक्रमका कारण उत्पन्न भएको हो। तर पछिल्ला केही समय रेमिटेन्स र पर्यटकको सङ्ख्या बढेको छ। यो समयमा सरकार र केन्द्रीय बैकले केही नीति परिमार्जन गर्ने हो भने सङ्कट सहज हुँदै जान्छ। ढकालले भने, यो समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होइन हातेमालो गरेर सटकबाट पार लगाउने हो।
वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए। उनले भने पछिल्ला दिनमा केही परिमार्जन त भएको छ। रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रूपमा बुझ्नु गलत हो। मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू उपस्थित कार्यक्रममा ढकालले भने, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार छ तपाईँहरूले वातावरण बनाउने पर्ने बताए।
उनले वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवार योग्य र सक्षम रहेको उल्लेख गर्दे सबै प्रदेशको सहमतिको सन्देश बुझ्न आग्रह गरे।
उनले भने बरु तीन वर्षबाट दुई बर्से कार्यकाल बनाओ। तपाईँहरू तीनै जना नेतृत्वमा पुग्न सक्नु हुन्छ तर यही अवस्थामा अघि बढ्दा दुई जना सक्षम व्यक्ति बाहिरिनु पर्ने निश्चित छ।
वरिष्ठ उपाध्यक्ष ढकालले आफ्नो कार्यकालमा सम्भव भएसम्म महासङ्घको प्रत्येक बैठक फरक फरक प्रदेशमा राख्ने जानकारी दिए।