arrow

प्रधानमन्त्रीद्वारा कामना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
pm-prachanda-address-2.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत सन्देश दिदै एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बद्ध सबैलाई आग्रह गरेका थिए । 

उनले सन्देशमा भनेका छन्, “आजदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीको उज्ज्वल भविष्यको कामना गर्दछु ।” 

एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा प्रधानमन्त्री दाहालले अपिल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ