arrow

तीर्थस्थललाई जगतगुरु आश्रम घोषणा

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७९ चैत १९ आइतबार
jagatguru-asram.JPG

लम्की ।  सुदुरपश्चिको कैलालीमा रहेको कैलाशधाम तीर्थस्थललाई  जगतगुरु आश्रम घोषणा गरिएको छ । 

शनिबार एक कार्यक्रमकाबीच नेपाल  राष्ट्रका प्रथम जगतगुरु अनन्त श्री विभुषित बालसन्त श्री मोहन शरण देवाचार्य महाराज ज्यूले कैलालशधाम तीर्थ स्थललाई जगतगुरु आश्रम घोषणा गरेका हुन् ।

कैलाशधामले नै सुदूरपश्चिमको पहिचान झल्काउने नेपाल राष्ट्रका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त श्री मोहन शरण देवाचार्य महाराज ज्यूले बताएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका ३ बल्चौरमा रहेको कैलाशधाम तर्थिस्थल सुदूरपश्चिम प्रदेशको प्रबेशद्धारको रूपमा रहेको बताउँदै जगतगुरु देवाचार्यले घर भित्रको सुन्दरता र पहिचान घरको मूल दैलो ( ढोका ) ले झल्काउने गरेको बताए । 

कैलाशधामको सम्बन्ध मानसरोवर र कर्णाली गङ्गा नदी सँग जोडिएको बताउँदै जगतगुरु देवाचार्यले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्त्व बोकेको सम्भावनाको खानी यस क्षेत्रको विकासले सुदूरपश्चिम प्रदेशको नै सिर उच्च बनाउने बताए । कैलाशधाम निर्माणको लागि धाम समितिले गरेको प्रयास सुदूरपश्चिममै धार्मिक र सामाजिक क्षेत्रमा अनुकरणीय रहेको बताउँदै उनले यसको बृहत्तर विकासको लागि सुदूरपश्चिम सरकार र सङ्घीय सरकार सँग सहयोगको अपेक्षा समेत गरेका थिए ।

कैलाशधाम समितिले विगत ३ / ४ वर्ष देखि आफूसँग आश्रम घोषणा र संरक्षणको लागि पटक पटक आग्रह गरे अनुसार नै कैलाशधाम तीर्थस्थललाई आफ्नो जगतगुरु आश्रम स्वीकार गरेको बताए । जगतगुरु देवाचार्यले आफू देशभरका धार्मिक सङ्घ संस्था तथा मठमन्दिरको संरक्षक रहेकोले कैलाशधाम तीर्थस्थलको संरक्षण तथा यसको प्रर्बद्धनका साथै विकास गर्नु आफ्नो दायित्व भएको बताए । उनले आफुले यस धामलाई आश्रम कै रूपमा घोषणा गरी सकेकोले यसको निर्माण सम्पन्न पहिलो प्राथमिकता रहेको बताए ।

जगतगुरु आश्रम घोषणा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइली देवी चौधरी, पूर्व आर्थिक मामिला मन्त्री तथा सांसद प्रकाश बहादुर रावल, सांसद शिव ओली, सांसद इन्द्रा गिरी, सांसद तथा जगतगुरु अनन्त श्री विभूषित बालसन्त श्री मोहन शरण देवाचार्यका प्रवक्ता विक्रमसिंह धामी, लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाही, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की, लम्कीचुहा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भगवानदिप चौधरी, वडा नम्बर ९ का वडा अध्यक्ष रामबहादुर चौधरी, नेपाल आमा मूर्ति सङ्ग्रहालयका अध्यक्ष जनकराज जोशी, गौ अनुसन्धान केन्द्र ब्रह्मदेवका अध्यक्ष गजेन्द्र चन्द, गन्यापधुरा वडा नम्बर ४ का चेतराज भट्ट, समाजसेवी मङ्गलबहादुर शाह लगायतका विश्व हिन्दु एकता परिषद्का सम्पूर्ण सदस्यहरू, यस क्षेत्रका विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरू विभिन्न धार्मिक तथा सामाजिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, विश्व हिन्दु एकता परिषद् नेपालका अध्यक्ष  लछीराम रिमाल, कैलाश धामका निर्माण संयोजक खडानन्द सापकोटा, पतंञ्जली योग समितिका जिल्ला महासचिव देव बहादुर मल्ल लगायतका स्थानीयहरूको सहभागिता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ