arrow

गीत बजाएर रेडियो स्टेशन बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
radio.jpeg

अफगानिस्तान । अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका एक अधिकरीले बताएका छन् । 

दशवर्षअघि प्रारम्भ गरिएको सादाइ बानोवान अर्थात् महिलाको आवाज रेडियो स्टेशनमा आठ जना कर्मचारीमध्ये छ जना महिला कार्यरत थिए । 

बदख्शान प्रान्तका सूचना तगा संस्कृति निर्देशक मोइजुद्दिन अहमदीले रमजानको समयमा गीतसङ्गीत प्रसारण गरेर इस्लामिक कानुनको उल्लङ्घन गरेकाले प्रसारण बन्द गरिएको बताएका छन् । भविष्यमा पुनः कानुनको उल्लङ्घन नगर्ने प्रतिबद्धता व्यक्त भएमा प्रसारणको अनुमति दिइने पनि उनले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ