arrow

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
gautam-buddha-international-cricket-stadium-chitwan.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भएको छ । सरकारले रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको हो । 

उक्त रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनेको थियो । तर रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । फाउन्डेशनले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेको थियो । 

नेपालले विश्वकप एक दिवसीय क्रिकेटको छनोट चरण खेल्न पाउने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रंगशाला बनाउने दबाब बढेको थियो ।

उनले चासो दिँदै रंगशाला बनाउने भनेका थिए । त्यसपछि फाउन्डेसनका संस्थापक सीताराम कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई आह्वान गरेका थिए । 

सोअनुसार सोमबारको मन्त्रिपरिषद्‍को निर्णयसँगै अब चितवनको क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ