arrow

अनिलकुमारको इजलासमा रविविरुद्धको रिट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
ravi-lamichhane-2079-10-15.jpg

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा नागरिकता विवादमा मन्त्री पद गुमाएका रवि लामिछाने विरुद्धको रिट निवेदनको पेशी तोकिएको छ ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ ले दायर गरेको रिट निवेदनमाथि न्यायाधीश सिन्हाको एकल इजलासमा पेशी तोकिएको हो  । 

महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदरको माग गर्दै सर्वोच्चमा सफलले रिट निवेदन दिएका थिए । 

यसअघि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी पोखरेलले निर्णय गरेका थिए । 

पोखरेलको निर्णय बदर गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ