arrow

पाँच वर्षमा दुई तिहाई : लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
ravi-lamichhane-2079-12-18.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा दुई तिहाइ पाउने दाबी गरेका छन् । चितवनमा चुनावी प्रचारमा बोल्दै उनले पाँच वर्षपछि रास्वपाको एकल सरकार कसैले रोकेर रोकिने दाबी गरेका हुन् । 

 'काम गर्दा गर्दै हामीलाई बाधा अड्चन आयो । तर केही उदाहरणीय काम गरेर आएका छौ । असल मानिसहरू जम्मा हुन सक्यो भने पाँच वर्षमा दुई तिहाइ हुन सक्छ । तर त्यसका लागि यहाँको साथ चाहिन्छ । त्यसो भए पाँच वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार कसैले रोकेर रोकिने वाला छैन।’ 

उनले राज्य शक्ति सबै लागेर आफूलाई सिद्धाउन लाग्नुको अर्थ नै रास्वपा सबैभन्दा शक्तिशाली पार्टी भएर उदाउँदै गरेको बताए । उनले भने,' हामी कुनै दल र नेतासँग मिलेका होइनौ । मलाई काम गरेर देखाउनै थियो । घरमा भाडा माझ्ने भएर प्रहरी बस्दैन भनेको थिए । हाम्रै पुस्ताले यो देश बनाउनुपर्छ । कहिलेकाहीँ बाटो बिराउन सक्छु । राजनीतिको विकृत मा हिलो लाग्छ । मेले सिंहदरबारमा कति कुकृत छ त्यो देखेको छु ।'

 लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिद्ध्याउने षड्यन्त्र भइरहेको बताए। ‘जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, देशमा हालेर पुग्दैन भने विदेशमा पनि हाले हुन्छ । परिबन्दमा परेर म कालको मुखबाट निस्किएको छु । मलाई सम्माननीय सर्वोच्च अदालतमा विश्वास छ । सम्मानित अदालतले कुन मुद्दा हो कुन षड्यन्त्र त्यो बुझ्न सक्नुहुन्छ ।'

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ