arrow

रहेनन् नायक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
sudhir-nayak-india-cricket.jpg

काठमाडौं । भारतीय क्रिकेटर सुधिर नायकको निधन भएको छ । छोटो समय क्रिकेट खेलेका नायकको ७८ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो । 

नायकले भारतका लागि मात्र ३ टेस्ट र २ एक दिवसीय अन्तराष्ट्रिय खेलेका थिए । उनले भारतका लागि अन्तिम पटक सन् १९७५ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए ।

उनले खेलाडी जीवन छाडेर प्रशासन र प्रशिक्षणमा संलग्न भएका थिए । उनी मुम्बईस्थित वानखेडे स्टेडियममा मुख्य क्युरेटरसमेत रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ