arrow

विलियम्सनको ब्याडलकः लिगामेन्ट फुटेपछि आईपीएलबाट बाहिरिए, विश्वकप पनि खेल्न नसक्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
ken-williamson-2023.jpg

काठमाडौं । न्यूजिल्यान्डका एक दिवसीय क्रिकेट कप्तान केन विलियम्सनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) सँगै भारतमै हुने विश्वकप एक दिवसीय गुमाउने भएका छन् । 

आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्ने क्रममा गुजरात टाइटान्सका खेलाडी विलियम्सन घाइते भएका थिए । केनको दाहिने घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट फुटेपछि यसै वर्षको अन्त्यमा भारतमा हुने विश्वकप गुमाउने भएका छन् ।

उनी न्यूजिल्याण्ड फर्किसकेका छन् । परीक्षणमा उनको चोट गम्भीर रहेको पुष्टि भएको थियो । उनको केही सातामा शल्यक्रिया गरिनेछ।

विलियम्सनले १६१ एक दिवसीय अन्तर्राष्ट्रियमा ६ हजार ५ सय ५४ रन बनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ