arrow

ग्लोबल आईएमईका ग्राहकले दराजबाट सामान किन्दा स्मार्ट टीभी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
global-ime-daraz.jpg

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि दराजबाट सामान किन्दा ५५ इन्चको वेस्तेल लिड स्मार्ट टीभी जित्न सक्ने योजना ल्याएको छ ।

यस योजनामा सहभागी हुन बैंकका ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा भिजा डेबिट–क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्नुपर्नेछ । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना चैत्र २१ देखि बैशाख ९ गतेसम्म लागु रहने जनाएको छ ।

योजनाको अन्त्यमा सबै सहभागीहरूमध्ये एकजना विजेता छनेट गरिने र विजेताले ५५ इन्चको वेस्तेल स्मार्ट लिड टीभी पाउने बैंकले जनाएको छ ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकले अनलाइन कार्ड भुक्तानीलाई प्रवर्द्धन गर्न यो योजना अघि सारेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ