arrow

बालेनको अर्को झटारोः फुटपाथ मिचेर बनाइएका प्रहरी बिट नहटाए आफैँ हटाउने चेतावनी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
balen-walendra-sah-.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) फुटपाथ मिचेर प्रहरी बिट बनाएको भन्दै आक्रोशित भएका छन् । फोहरको विषयलाई लिएर बिहान बिहानै आक्रोशित मुडमा आएका मेयर बालेनले त्यसपछि सरकारमाथि आक्रोश पोखेका थिए । 

तेस्रो चरणमा आएर उनले प्रहरीमाथि आक्रोश पोखेका हुन् । महानगरपालिकाभित्र फुटपाथ मिचेर बनाइएको भन्दै प्रहरी बिटहरुको तस्बिर पनि उनले सार्वजनिक गरेका छन् । 

बालेनले पोष्ट गरेको यो तस्बिर

‘फुटपाथ सँधै मान्छे हिँड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनुपर्छ’, उनले फेसबुकमा लेखेका छन्, ‘कानून कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला, नत्र समतामुलक कानूनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’ 

मेयर बालेनले फुटपाथ मिचेर संरचना बनाएको भन्दै विभिन्न देशका राजदूतावासलाई पनि पत्राचार गरेको जनाएका छन् । ‘राजदूतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ,’ उनले भनेका छन्, ‘कानून सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ