arrow

राष्ट्रिय खुला चेस प्रतियोगिता मोरङमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
chess-game.jpg

मोरङ ।  मोरङको पथरी शनिश्चरेमा शनिबारदेखि शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म लामाले खेलकुदले देशलाई चिनाउन र विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा सजिलो माध्यम रहेको बताए ।

लामाले नगरपालिकाले स्थानीयस्तरमा चेस खेलको प्रवद्र्धन गर्न सहयोग गरेकोप्रति खुसी व्यक्त गरे । बुद्धिचाल खेल विद्यालयस्तरमा समेत समावेश गर्नुपर्ने उनको भनाइ छ ।

पथरी शनिश्चरेका नगरप्रमुख मोहनप्रसाद तुम्बापोले खेलाडीको क्षमता अभिवृद्धि गर्ने नगरको प्राथमिकता रहेको भन्दै चेस प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभाले मापन हुने बताए । उनले प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो कुलशता प्रस्तुत गरी राष्ट्रियस्तरको खेलाडीका रूपमा स्थापित हुन शुभकामना दिए । 

पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियोगितामा देशभरका एक सय ५० प्रतियोगी छन् । प्रतियोगितामा ३२ विधामा रु पाँच हजारदेखि ५१ हजारसम्म पुरस्कार प्रदान गरिनेछ । 

कार्यक्रममा चाँदीको घोडा विजेता चेस खेलाडी रत्नबहादुर राईलाई नगद रु पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । राईलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख तुम्बापो र विशिष्ट अतिथि बुद्धिचाल महासङ्घका महासचिव लामाले सम्मान गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ