arrow

जाने होइन त घुम्न चिया बगान ? [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार

काठमाडौं । नयाँ वर्ष आउँदै छ । तपाईहरु कहाँ घुम्न जाने होला भनेर चिन्तित हुनुहुन्छ भने ईलामको चिया बगान पनि तपाईको लागि घुम्ने गन्तब्य हुन सक्छ । काठमाडौं उपत्यकामा बस्नेहरूका लागि छोटो भ्रमणका लागि थुप्रै ठाउँहरू छन् । 

यदि तपाई तीन चार दिनको समय छुट्याउन सक्नुहुन्छ भने ईलाम तपाईको लागि राम्रो गन्तब्य हो । मध्यपहाडी क्षेत्रको, यातायातको राम्रो सुविधा भएको ठाउँ हो ईलाम । इलाम छिर्ने विभिन्न बाटाहरूमध्ये सबभन्दा चल्तीको हो मेची राजमार्ग । 

पूर्वपश्चिम राजमार्गको प्रारम्भबिन्दु काँकरभिट्टाबाट १२ किमि पश्चिममा रहेको चारआलीमा शुरू भएर ताप्लेजुङसम्म पुग्ने पहाडी राजमार्ग नै मेची राजमार्ग हो । चारआलीबाट चार पाँच घण्टाको यात्रामा कन्याम पुग्न सकिन्छ । 

कन्याम चिया बगानले तपाईलाई मोहनी लगाउँछ । कन्याम — आन्तरिक पर्यटकहरूले सबभन्दा धेरै फोटो खिच्ने र फोटोबाट चिनिने नेपालका प्रमुख ठाउँहरू मध्येमा एउटा हो । 

ईलामको पुरनो बजार फिक्कलबजार माथिको डाँडाबाट वरिपरि हेरेर नै इलामका धेरै कुरा देखिन्छन् । यहाँबाट देखिने अधिकांश चियाबारी निजी हुन् । 

इलाममा चिया फ्याक्ट्री र चीज फ्याक्ट्री छन् । चिया फ्याक्ट्री र छुर्पी उद्योगले पनि धेरैलाई रोजगारी दिएको छ। तपाईको बासका लागि यहाँ होटल र लजहरू छन् र नजिकका गाउँहरूमा होमस्टेहरू पनि छन् । फिक्कलमा छुर्पी, बम्बइसन, ललीपप, घिउ, अकबरेलगायत पर्यटकले चाहेअनुसारका स्थानीय उत्पादन पाइन्छन् ।

तर इलाम यति मात्र होइन । तपाई यहाँबाट माथि माईपोखरीहुँदै सन्दकपुरतिर जान सक्नुहुन्छ । जमुना, जौबारीको पुरानो व्यापारिक बाटोका अवशेषहरू हेर्न जान सक्नुहुन्छ । 

हाब्रे (रेड पान्डा) हेर्न चोयाटारतिर जान सक्नुहुन्छ । राजमार्ग पछ्याउँदै रक्से, राँके हुँदै पाँचथर र ताप्लेजुङतिर लाग्न सक्नुहुन्छ । राँकेबाट डाँडैडाँडा रवितिर लाग्दै दमकतिर निस्किन सक्नुहुन्छ ।

सूर्याेदय अवलोकनमा प्रसिद्ध इलामको अन्तुडाँडा जाने बाटो पनि फिक्कलनजिकै छिपिटारबाट छुट्टिन्छ । त्यहाँबाट करिब १३ किलोमिटर जिप यात्रा गरेर पुगिन्छ अन्तुडाँडा । 

अन्तुतिर नलागी अगाडि बढे फिक्कल पुगिन्छ । फिक्कलबाट ११ किलोमिटर पूर्वमा पशुपतिनगर छ । नेपालभारत सिमानाको यो बजार इलामको प्रगतिको मूल ढोका पनि हो ।
 
नेपाली व्यवसायीले गरेको अर्बौं लगानीको प्रतिफल स्वरुप अहिले चिया विश्वका थुप्रै मुलुकमा पुगेको छ । यसबाट अवसर र सम्भावना पनि उसैगरी झाँगिदैछन्  । हरियो चियाको गुणस्तर बढाउन किसान लागि परेका छन् । 

अझ नेपालमात्र नभई युरोप, अमेरिकालगायतका दर्जनौं बजारमा खोजी–खोजी बिक्री हुने कृषिउपज तयार गर्न यहाँका किसान–उद्योगीको संघर्ष धेरैका लागि अनुकरणीय बन्नसक्छ । र, यो वास्तविकता प्रत्यक्ष हेर्न जो–कोही इलाम पुग्नै पर्छ । (नेपाल फोटो लाइब्रेरीबाट)

Kanyam_Ilaam_ (2).JPG
Kanyam_Ilaam_ (3).JPG
Kanyam_Ilaam_ (4).JPG
Kanyam_Ilaam_ (5).JPG
Kanyam_Ilaam_ (6).JPG
Kanyam_Ilaam_ (7).JPG
Kanyam_Ilaam_ (8).JPG
Kanyam_Ilaam_ (9).JPG
Kanyam_Ilaam_ (10).JPG
Kanyam_Ilaam_ (11).JPG
Kanyam_Ilaam_ (12).JPG
Kanyam_Ilaam_ (13).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ