arrow

बलात्कार आरोपी सन्दीपको मुद्दाको सुनुवाइ तेस्रो नम्बरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
sandeep-lamichhane3.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपी क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको एकल इजलासको तेस्रो नम्बरमा सन्दीपविरुद्धको मुद्दाको पेसी तोकिएको हो ।  

यसअघि लगातार दुईपटक तोकिएको पेसीको सुनुवाइ स्थगित गरिएको थियो । पहिलो पेसीमा सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रो समय अभावका कारण नभ्याइनेमा राखिएको थियो ।

एक नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । 

उक्त आदेशपछि सन्दीप थुनामुक्त भएका छन् । उनी थुना बाहिर रहेर कानूनी संघर्ष गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ