गगन थापाले भने – स्थानीय तहलाई सिंहदरबार आउनुपर्ने बाध्यताको अन्त्य गरियोस्
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
607
Shares
तस्बिर – फाइल ।
काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहका प्रतिनिधि काम गराउन सिंहदरबार धाउनुपर्ने बाध्यता हटाउन माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशभरका स्थानीय तहलाई काम गर्न सिंहदरवारर धाउनुपर्ने बाध्यता तत्काल अन्त्य गर्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाले सिंहदरवारसहितको स्थानको फोहोर उठाउन छाडेको घटनालाई लिएर उनले स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न सक्ने वातावरण बनाउनुपर्ने उनले बताए । यसका लागि प्रधानमन्त्री आफैँले तत्काल पहल गर्नुपर्ने सांसद थापाको माग छ ।
स्थानीय तहलाई काम गर्न सक्ने वातावरण बनाउन आवश्यक पर्ने कानुन बनाउन आफूहरु तयार रहेको भन्दै उनले यसका लागि प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरे ।