arrow

बाँकेको जानकीमा भीषण आगलागी, चार घर जले, गाउँपालिकाले दियो आकस्मिक राहत

logo
सौरभ गिरी,
प्रकाशित २०७९ चैत २७ सोमबार
janaki-fire-relief.jpg

जानकी । जानकी गाउँपालिका वडा नम्वर ५ बकसपुरमा आगलागी भएको छ । आगलागीबाट चमारन टोलका चार वटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । अन्य दुई घरमा सामान्य क्षति भएको छ । साथै दुई वटा बाख्रा र केही कुखुरासमेत आगोले जलेर मरेका छन् । चार घरमा पूर्णरुपमा क्षति हुँदा ८ घरपरिवार विस्थापित भएका छन् । 

बिहान ११ बजे शुरु भएको आगलागी अपरान्ह ४ बजेतिर नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाबाट २ र कोहलपुर नगरपालिकाबाट एउटा दमकल आएका थिए । आगोको खरानी बाहिर फाल्न जाँदा त्यसैबाट आगो लागेको वडा नम्वर ५ का वडा अध्यक्ष टिकानाथ यादवले बताए । 

आगो नियन्त्रणमा आउनासाथ गाउँपालिकाले पीडितलाई राहत प्रदान गरेको छ । विस्थापित घरपरिवारलाई २५ केजी चामल, अरहरको दाल ५ केजी, २ प्याकेट नुन, तेल ५ लिटर, आलु १० केजी, बेसार, खुर्सानी एक(एक प्याकेट, त्रिपाल एकएक थान, भुजा १ प्याकेट र चिनी १ केजी १५ दिनलाई पुग्ने गरी राहत वितरण गरिएको यादवले बताए ।

राहत प्रदान गर्न पुगेका गाउँपालिका अध्यक्ष छब्बन खाँले आगलागी घटनाबाट आफू निकै मर्माहत भएको बताउँदै पालिकाबाट हुन सक्ने सहयोग गर्ने बताए । 

घटनास्थलमा उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, पालिकाका परामर्शदाता शोहराव दर्जीलगायत कर्मचारीहरुसमेत पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ