arrow

भ्रष्टाचारको छानबिन हुनुपर्छ : लिङ्देन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
rajendra-lingden-2079-12-06.jpg

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् । मंगलबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालमा राजनीति उद्योगका रूपमा विकास भएको भन्दै उनले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिएका हुन् ।

'म ऊर्जामन्त्री हुँदा ठूलाठूला निर्णय भए तर मैले एक रुपैयाँ पनि अनियमितता गरिनँ', अध्यक्ष लिङदेनले भने, 'भ्रष्टाचार गर्नु भनेको नेपाली आमाको रगत खानु सरह हो ।'

उनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए । लिङ्देनले भने, 'हामीले देशको व्यवस्था त परिवर्तन गर्‍यौँ तर जनताको अवस्था फेर्न सकेका छैनौं ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ