arrow

रविको कोर टीममा उनकै श्रीमतीसहित तीन जना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २९ बुधबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कोर टिममा उनकै श्रीमती निकिता पौडेल रहेको खुलासा भएको छ । तीन जनाको कोर टिममा निकितासँगै पार्टी उपसभापति डोलप्रसाद अर्याल र केन्द्रीय सदस्य दीपक बोहोरा भएको खुलासा भएको हो ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाईँले यसअघि नै यो खुलासा गरेका थिए भने भने आफूलाई कारबाही भए कोर टिमको पनि खुलासा गर्ने जनाएका रास्वपा सांसद डा. ढाकाप्रसाद श्रेष्ठले पार्टीको अनुशासन आयोगमा बयान दिने क्रममा पनि कोर टिमबारे उल्लेख गरेको स्रोतले बताएको हो । 

ढाका प्रसाईँसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि फसेका छन् । उनले आफूलाई कारबाही भए कोर टिमको खुलासा गर्ने बताएका थिए । 

उनले पछिल्लो समय भने आफू अडियो सार्वजनिक गर्ने मिडियालाई कारबाही गर्न माग गर्दै अदालत गएको बताइसकेका छन् । उनले दुई करोड काण्डको अडियो आफ्नो नभएको दाबी गर्दै आएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ