arrow

सभापति रविका चालक खसेको घटनामा महामन्त्री मुकुलका चालक नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
rsp-rastriya-swatantra-party-final.jpg
तस्बिर – फाइल ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सभापति रवि लामिछानेका चालक तीन तलाको घरको छतबाट खसेको घटनामा अनुसन्धान गर्न महामन्त्री ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनी सभापति लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका थिए । घाइते भएका चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट लामिछानेका चालक थापा खसेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ