arrow

बेहोशी अवस्थामै उपचार हुँदै रविका चालकको

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
rabi-lamichhane.jpg

काठमाडौं । छतबाट खसेर गम्भीर घाइते भएका दिलबहादुर थापा ‘शम्भु’ को बेहोशी अवस्थामै उपचार भइरहेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक शम्भु तीन तलाको घरको छतबाट खसेर अहिले उपचाररत अवस्थामा छन् । 

शम्भु सोमबार बिहान भरतपुर महानगरपालिका वडा नं. ११ स्थित रवि लामिछाने बस्ने घरको छतबाट खसेका थिए  । 

उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ।  

उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको छ ।  

उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको  छ । उनको टाउकाको शल्यक्रिया हिजै गरिएको छ। शल्यक्रिया भए पनि आज बिहान सम्मा उनको होस आएको छैन । 

थापाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। भेन्टिलेटरमा उनको उपचार भइरहेको छ।

उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेको बताइएको छ ।  

उक्त विषयमा प्रहरीले अनुसन्धान जारी छ भने थापा खसेको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ