arrow

सडक स्तरोन्नतिपछि मुहार फेर्दै धनगढी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ५ मंगलबार
batti-dhangadi.jpg

धनगढी ।  सडक सञ्जालको विकास एवम् स्तरोन्नतिसँगै धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रको मुहार फेरिन थालेको छ । विकासका लागि पहिलो पूर्वाधार मानिने सडक स्तरोन्नति तीव्ररुपमा हुन थालेपछि सहजता भएको छ ।

उपमहागरको सहरी वडाका मुख्य र शाखा सडक फराकिलो पारी स्तरोन्नति धमाधम भइरहेको छ । नगरपालिका घोषणा भएको झण्डै ४६ वर्षपछि धनगढीमा छुट्टाछुट्टै योजनामार्फत् पहिलो पटक ठूलो बजेट रकमको लागतसहित सडक स्तरोन्नति भएको हो । 

यस क्रममा मुख्य बजार क्षेत्रको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको दुई किलोमिटर लम्बाइमा सडकको दायाँबाँयाको क्षेत्र मिचेर बनाइएका झण्डै चार सय २८ घर संरचना घर संरचना भत्काइएको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारको रु ६० करोड बजेटको सहयोग छ । 

उपमहानगरपालिका इञ्जिनियर दिजराज भट्टले स्तरोन्नति भइरहेको सडकको दुवैतिर पक्की नाली, फुटपाथ सहितको सडक बन्न लागेको बताउनुभयो । “सडकका विभिन्न चोकको नामाकरण पनि गरिँदैछ”, उनले भने, “सामाजिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिको शालिक स्थापना गर्ने तयारी पनि छ ।” 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ