arrow

रविले प्रचण्डलाई दिएको समर्थनबारे सोच्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
prachanda-ravi-2079-10-17.jpg

काठमाडौं । चितवनमा जित्ने निश्चित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सरकारलाई दिएको समर्थनबारे सोच्ने भएका छन्। आज भरतपुरमा पत्रकारसँगको कुराकानी गर्दै उनले वर्तमान सरकारलाई दिएको समर्थनमा पुनर्विचार गर्ने बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई रास्वपालाई समर्थन लिएको छ । पछिल्लो समय गृह मन्त्रालय नदिएपछि रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिएको छैन ।   

पछिल्लो मतपरिणाम अनुसार रविले ५० हजार २९ मत पाएका छन् ।  रविले निकटतम प्रतिस्पर्धी भन्दा करिब ४१ हजार मतको अग्रता कायम गरेका छन् । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको मतान्तर धेरै छ । यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो ।   मतगणना दिउँसो १२ बजे सम्ममा सकिने अनुमान छ ।

लामिछानेलाई टक्कर दिने मानिएका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बधाई समेत दिएका छन् ।   जीतनारायणले ९ हजार १६५ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ