arrow

रविले लिए जितेको प्रमाण

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
rabi-lamichhane-2080.jpg

काठमाडौं । चितवन क्षेत्र नं २ बाट निर्वाचित रवि लामिछानेले प्रमाणपत्र लिएका छन् । निर्वाचन कार्यालले दिएको प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र रविले लिएका हुन् ।

चितवनमा रवि फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उनी विजयी भएका हुन् । 

विजयी रविले ५४ हजार एक सय ७६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत प्राप्त गरे । 

यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत प्राप्त गरे । राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत प्राप्त गरे । 

७८ हजार छ सय ६४ मत खसेको थियो । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा समेत लामिछानेले विजयी भएका थिए । 

त्यतिबेला उनले ४९ हजार दुई सय ६४ मत प्राप्त गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ