arrow

रविले भने- चौतर्फी प्रहारको जवाफ चितवनका मतदाताले दिए

इमान राख्न सधैँ प्रतिबद्ध हुन्छौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १३ बुधबार
ravi-lamichane-new-party-register-apply.jpg

काठमाडौं । चितवन क्षेत्र नं २ बाट किर्तिमानी जित हासिल गरेका रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन २ का मतदाताले दिएको बताएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ र चितवनमा कीर्तिमानी विश्वास पाएपछि सभापति रविले यस्तो बताएका हुन् । 

उनले भनेका छन्,' चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन २ का मतदाताले दिनुभएको छ । व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिनुहुन प्रतिस्पर्धी दल / उम्मेदवार र तिनका नेता कार्यकर्ता समक्ष आग्रह गर्दछु । दलीय प्रतिस्पर्धा । तर विजेता भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको जनप्रतिनिधि लोकतन्त्रको यो स्थापित मान्यतामा सधैँ प्रतिबद्ध रहनेछु । जनप्रतिनिधिका रूपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै रहने छैन ।'

उनी माथि नागरिकता विवाद, आफ्नै सांसदले दुई करोड मागेको विषयमा टीकाटिप्पणी हुने गरेका छन् । 

उनले जनादेशको इमान राख्न सधैँ प्रतिबद्ध हुने, थपिएको मत थपिएको जिम्मेवारी भएको बताएका छन् । उनले भनेका छन् ,' उपनिर्वाचन मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले हामीलाई थप गम्भीर जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको छ । जनादेशको इमान राख्न सधैँ प्रतिबद्ध हुन्छौँ ।' 

चितवनमा रवि फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उनी विजयी भएका हुन् । विजयी रविले ५४ हजार एक सय ७६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत प्राप्त गरे । 

'उभार' का लागि आभार
'कीर्तिमानी विश्वासका लागि चितवन-२ का आम मतदाताप्रति नमन । सत्कर्मले विश्वासको गुन तिर्ने छु । चितवन- २ सहित देशैभर गर्नुपर्ने काम धेरै छन् । तपाईंहरुके भर/ समर्थनमा विशेषतः राजनीतिलाई भुइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अवरोध तोड्न इमानका साथ लागिरहने छु ।

चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन २ का मतदाताले दिनुभएको छ । व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिनुहुन प्रतिस्पर्धी दल / उम्मेदवार र तिनका नेता कार्यकर्ता समक्ष आग्रह गर्दछु । दलीय प्रतिस्पर्धा । तर विजेता भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको जनप्रतिनिधि लोकतन्त्रको यो स्थापित मान्यतामा सधैँ प्रतिबद्ध रहनेछु । जनप्रतिनिधिका रूपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै रहने छैन ।

लोकतान्त्रिक प्रतिस्पर्धामा रहेका दल र तिनका उम्मेदवारलाई सदा सर्वदा साथमै लिएर चितवन-२ का नागरिकको तत्कालीन, मध्यकालिक र दीर्घकालीन आकाङ्क्षा पूरा गर्न सक्रिय रहने छु । प्रतिस्पर्धी दल र उम्मेदवारसहित आम नागरिकबाट रचनात्मक सहयोग र सद्भाव प्राप्त आइरहनेमा विश्वस्त छु । उप- निर्वाचनका क्रममा सहयोग गर्नुहुने निर्वाचन आयोगसहित राज्यका विभिन्न निकायप्रति आभार व्यक्त गर्दछु । त्यस्तै, निर्वाचन परिणाम पक्षमा पार्न अहोरात्र खट्नु हुने पार्टीका नेतागण, सदस्य एवं शुभेच्छुकप्रति नतमस्तक छु । यहाँहरूको यो साथ सदा स्मरणीय हुनेछ । विशेषतः चितवनवासी अगाध स्नेह सँगालेर राख्ने छु ।

तनहुँ १ मा हाम्रा उम्मेदवार स्वर्णिम वाग्लेको पक्षमा उभार सिर्जना गर्नुहुने सबै सबैप्रति पनि नमन् । र स्वर्णिमजीलाई हार्दिक बधाई र कार्यकाल सफलताको शुभकामना । अनेकौँ प्रतिकूलता बीचको स्नेह र अभिनताका लागि बारा-२ का मतदाताप्रति आभार । हाम्रा प्रतिस्पर्धी रमेशप्रसाद खरेलप्रति यस पटक व्यक्त स्नेहले अर्को अभ्यासमा परिणाम दिने छ भन्नेमा विश्वस्त छु ।
उपनिर्वाचन मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले हामीलाई थप गम्भीर जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको छ । जनादेशको इमान राख्न सधैँ प्रतिबद्ध हुन्छौँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ