'मुलुकलाई राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी'
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
488
Shares
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन् ।
विराटनगरमा उनले अहिले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको उल्लेख गर्दै भने, “यी सबै अराजकताबाट बाहिर निकाल्न सके मात्रै मुलुक सही बाटोबाट अगाडि बढ्नेछ ।”
नेता कोइरालाले आर्थिक रूपमा समेत मुलुक अत्यन्तै कठिन अवस्थामा पुगेको भन्दै हरेक क्षेत्रमा अराजकता बढ्दै गए मुलुक असफल राष्ट्र हुनसक्ने चिन्ता व्यक्त गरे ।