arrow

जनप्रतिनिधिको निर्देशनमा भोजको विषयमा कुटपिट

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
kutpit-mahottari.jpg

महोत्तरी । महोत्तरीको बर्दिबासमा विवाह भोजको विषयमा विवाद हुँदा जनप्रतिनिधिकै निर्देशनमा हातपात भएको आरोप लागेको छ । बिहीबार राति बर्दिबासस्थित वडा नं ७ मा वडाध्यक्ष भोरिल यादवको निर्देशनमा उनका बुबा गंगा यादव र भाइहरु रामस्वाग, राम र रामसुभक यादवले छिमेकी चण्डेश्वर स्वर महतोमाथि हातपात गरेको आरोप लागेको हो ।

पीडित भनिएका चण्डेश्वर महतोको अनुसार वडा अध्यक्षका बुबा र भाइहरुले घरमा नै आएर आक्रमण गरेका हुन् । ‘हामी घरमा बसिरहेका थियौँ, उनीहरु एक्कासी आएर अन्धाधुन्ध आक्रमण गरे’, महतोले भने ।

वडा अध्यक्ष भोरिल यादवले भने आफ्ना बुबा र भाइहरु घरमा गएर कुटपिट गरेको आरोप निराधार भएको बताएका छन् । उनीहरुले आरोप लगाएका व्यक्तिमध्ये एउटा भाइ गाउँमा नै नभएको अध्यक्ष यादवको जिकीर छ । ‘पहिलेदेखि वहाँहरुबीच झगडा भएको थियो । त्यही क्रममा अहिले  भाइ ट्याक्टर चलाएर आउँदा भनाभन मात्र भएको हो’, अध्यक्ष यादवले भने ।

कुटपिटबाट चण्डेश्वरको टिसर्ट च्यातिएको छ भने पछाडि ढाडमा सामान्य निलडामसमेत रहेको देखिन्छ  ।  उनका भाइ विन्देश्वर महतो र छोरा उमेश महतो पनि छुट्याउने क्रममा सामान्य घाइते भएको प्रत्यक्षदर्शी दिपलाल महतो र रामदेव महतोले बताएका छन ।

अध्यक्ष भोरिल यादव पक्षका अनुसार ११ बैशाखमा चण्डेश्वरकी नातिनीको विवाह भएको थियो । त्योभन्दा अगाडिदेखि महतो (चण्डेश्वर) र गंगा (अध्यक्षका बुबा) बीच खासै राम्रो सम्बन्ध थिएन ।

नातिनीको विवाहमा उनका छोराले भोरिल (वडा अध्यक्ष) को घरमा पनि निमन्त्रणा गरे । यहीबाट चण्डेश्वर र गंगाबीच थप विवाद चुलिएको स्थानीयहरुले बताएका छन् । गंगाको परिवार किन आएर भोज खाएको भन्दै गाली, बेइज्जत गरेपछि सामान्य भनाभन भएको वडाध्यक्ष यादवको भनाइ छ ।

घाइते चण्डेश्वर महतोलाई उपचारको लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । घटनाको विषयमा दुवै पक्षबीच बसेर थप अनुसन्धानलाई अगाडि बढाउने प्रहरीको भनाइ छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ