arrow

अयोग्य लडाकुलाई रकम नभइ सीप दिन लिङ्देनको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १५ शुक्रबार
rajendra-prasad-lingden-jhapa-3-rpp-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले माओवादीका ‘अयोग्य लडाकु’लाई रकम छुटयाएको भन्दै आपत्ति जनाएका छन् । 

माओवादीका बर्हिगमित लडाकुलाई २–२ लाखका दरले रकम दिने भन्दै कार्यबिद्यि बनाएर रकम छुटाए पछिअध्यक्ष लिङदेनले आपत्ति जनाएका हुन् ।  

‘निर्माण व्यवसायीहरुलाई साठी अर्ब भुक्तानी दिन बाँकी छ, विकास आयोजनाहरुको गति सुस्त छ, ऋणबाट चालु खर्च धान्नुपर्ने अवस्था छ,’ लिङदेनले भने, ‘यस्तो बेला राष्ट्रपतिको अस्वाभाविक र महंगो बैदेशिक उपचार यात्रा, अयोग्य लडाकुका नाममा अरबौं वितरणको तयारी सत्ताको चरम दुरुपयोग हो। अयोग्यलाई रकम होइन सीप दिउँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ